logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रतिनिधि सभामा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी


  • जन आकाश
  • बुधबार, चैत्र ६ २०८१

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभामा माफी मागेका छन्।



अघिल्लो बैठकमा नेपालमा पर्यटकको संख्या बढाउनका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्छ भन्ने अभिव्यक्तिको विषयमा प्रमुख सचेतक घिमिरेले माफी मागेका हुन्।

घिमिरेको अभिव्यक्तप्रति आलोचना भएपछि उनले बुधबार बैठकको सुरूमै माफी मागेका हुन्।
उनले उक्त धारणा आफ्नो व्यक्तिगत धारणा भएको पनि बताएका छन्।

ुयहि चैत्र ३ गते विशेष सयममा मैले अभिव्यक्त गरेको धारणा संसदको रुपमा विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हो। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन। यी

विचारहरुले सम्मानित सांसद र जनमानसमा नकारात्मकअसर परेको भए उहाँहरुको सम्मान गर्दै क्षमायाचना गर्न चाहान्छु उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend