logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

महालक्ष्मी विकास बैंक लि. को ३१ औँ वार्षिकोत्सवको अवसरमा ३१ जना महिला उद्यमीहरुलाई सम्मान


  • जन आकाश
  • सोमबार, जेष्ठ १२ २०८२

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८२/०२/०७ गते ३१ औं वर्पमा प्रवेश गरेको अवसरमा मिति २०८२/०२/०४ गते देखी २०८२/०२/१० गते सम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशैभरीका विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ ।



वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताकोमुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्दि«य कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरु मार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस्भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।

साथै बैंकले जेष्ठ ७ गते बुधबार केन्दि«य कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै बैंकको केन्दिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै केन्दिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो । वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेकोर विगत ३ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृबखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, श्रृबखला ४) २४ टिमको सहभागितामा बैंकले जेष्ठ २१, २२, २३ र २४ गते सञ्चालन गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend