logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १०००० विरुवा वृक्षारोपण गरीँदै


  • जन आकाश
  • मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ ९२०२३/२४० को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी सार्वजनिक गरेको हो ।



कार्बन अकाउन्टिङ फाइनान्सियल ९एऋब्ँ० पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ। मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन CO₂ बराबर (tCO₂e रहेको थियो।

पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन् ।
. व्यापार कर्जा (Business Loans): १९०,२९३.४२ tCO₂e
. परियोजना वित्त (Project Finance) – (जलविद्युत बाहेक०स् ७०५ .५६ tCO₂e
. गाडी कर्जा (Motor Vehicle Loans): १,५२८.९८ tCO₂e
. घर कर्जा (Mortgage Loan): ९,४८५.४६ tCO₂e
त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित २०,३४७.११ tCO₂e बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्‍याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाइ थप जोड दिएको छ ।

सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन Net Zero Emission लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स, ऊर्जा(सदुपयोगी कर्जाहरु तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरु विस्तार गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना कार्यसञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण  (3R – Reduce, Reuse, Recycle लाई प्रोत्साहन गर्दै आएको छ।

यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १०,००० रूख रोप्ने साहसी पहल ूमिसन १०००० (Mission 10K)” पनि सञ्चालन गरेको छ। यस अन्गर्गत हालसम्म लगभग ७,५०० रूखहरू रोपिई सकिएको छ । यसले जलवायु प्रति बैंकको प्रतिबद्धतालाई वास्तविक, मापनयोग्य कार्यमा बदल्नु पर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ भनि उल्लेख गरेको छ।

यसलाइ निरन्तरता दिँदै भविष्यमा बैंकले आफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कर्जाका वर्गहरू पनि समावेश गर्ने लक्ष्य राखेको उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend