logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

भ्रमक समाचारप्रति नेपाल बैकको ध्यानकर्षण


  • जन आकाश
  • बिहिबार, जेष्ठ २९ २०८२

काठमार्डाै । नेपाल बैक लिले भ्रमक समाचार प्रकाशित भएको विषयलाई लिएर प्रेस विज्ञप्ति जारी गर्दै ध्यानकर्षण गरेको छ । उसले विज्ञप्तिमा भनेको छ । झुट, तथ्यहिन समाचारहरु प्रति वैकले कसैलाई विश्वास नगर्न आग्रह गरेको देखिन्छ । विज्ञप्तिमो परा अंश निम्न अनुसार छ ।



प्रेस विज्ञप्ती
“भ्रामक समाचारको भर्त्सना एवं गम्भीर ध्यानाकर्षण सम्बन्धमा
केही नेपाली सञ्चार माध्यमहरुले यस वैंकवाट आ।व। २०७४र७५ मा २० अर्व ४० करोड १५ लाख रुपैया गायव भएको भनी प्रकाशित गरेको भ्रामक, झुटो र तथ्यहिन समाचार प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित नेपाल कानून बमोजिम आफ्नो हिसाबकिताब राख्दै आएको, नियामकीय निकायलाई बैंकको अनुपालनाका विषयमा पूर्ण जानकारी भएको र बैंकका लेखापरीक्षण भएका वित्तीय विवरणहरु त्रैमासिक तथा वार्षिक रुपमा समेत सबैको जानकारीको लागि सार्वजनिक गर्ने गरिएको यथार्थ सबैमा जानकारी गराउँदै यस्ता भ्रामक समाचारहरुमा विश्वास नगर्न सम्वन्धित सबैमा हार्दिक अनुरोध छ ।
नेपाल वैंक लिमिटेड वित्तीय रुपमा सुदृढ रहनुको साथै नियामक निकायको नीति तथा निर्देशनहरु पूर्ण पालनामा प्रतिवद्ध रहेको तथ्य श्री नेपाल सरकार, ग्राहकवर्ग, नियामक निकाय लगायत सम्पूर्ण सरोकारवालाहरुमा विश्वस्त पार्न चाहन्छौं ।”

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend