logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एन आई सी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य


  • जन आकाश
  • मंगलबार, साउन ६ २०८२

 



काठमाडौं । एन आई सी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले Surgery Procedures  मा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म,Minor Investigation र Optical/lens  मा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहक महानुभावहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend