logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एन आई सी एशिया बैंक र भक्तपुर हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य


  • जन आकाश
  • मंगलबार, साउन ६ २०८२

काठमाडौं । एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ ।



यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank)  एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप भक्तपुर इन्टरनेसनल हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend