logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बूढानीलकण्ठ आक्रमणपछि सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक


  • जन आकाश
  • शुक्रबार, असोज ३ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ। शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो।



सभापति शेरबहादुर देउवा बैठकमा अनुपस्थित छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका सभापति देउवा दम्पतीमाथि आक्रमण भएको थियो।

सभापति देउवा दम्पतीको उपचार भइरहेको छ। सभापति देउवाले संविधान दिवसमा विज्ञप्ति निकालेर शुभकामना भने दिएका थिए। भदौ २४ गते आन्दोलनकारीहरूले कांग्रेस केन्द्रीय कार्यालय भवनमा पनि आगजनी गरेका थिए। आगजनी भएको भवनमै पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend