logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसँग भेटवार्ता, निर्वाचन तयारी र सुरक्षाको अवस्थामाथि छलफल


  • जन आकाश
  • बुधबार, असोज ८ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा पौडेल र कार्कीबिच भेटवार्ता भएको हो ।



भेटमा समसामयिक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सीआइबी प्रमुख एआईजी डा. मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।  यस्तै मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend