जन आकाश
काठमाडौं । दुल्लू नगरपालिका–८ मा आज जेष्ठ नागरिकसँगको भेटघाट तथा स्वास्थ्यबर्धक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख रिजालसँगै उपप्रमुख विना कार्की, वडा अध्यक्ष सुशील कुमार भण्डारी, वडा सदस्यहरू सूर्यबहादुर भण्डारी, राधा नेपाली, शेरबहादुर घर्ती, स्वास्थ्य निरीक्षक देवबहादुर थापा, नगरप्रमुख सचिवालयबाट दुर्गा लम्साल, स्वास्थ्यकर्मीहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूलाई स्वास्थ्यबर्धक सामग्री वितरण गरिएको थियो। सो अवसरमा नगरप्रमुख रिजालले जेष्ठ नागरिकहरू समाजका अमूल्य सम्पत्ति भएको बताउँदै उनीहरूको स्वास्थ्य र सम्मानका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। 
उपप्रमुख विना कार्कीले पनि जेष्ठ नागरिकहरूको अनुभव र सल्लाहले समाजलाई दिशा दिने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।
स्थानीय प्रतिनिधिहरूले पनि जेष्ठ नागरिकको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै दुल्लू नगरपालिका सबै उमेरका नागरिकका लागि स्वास्थ्य र सामाजिक सुरक्षामा केन्द्रित भएर काम गरिरहेको जानकारी गराए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend