logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । नेपाल प्रहरीक एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। रानाभाटले आज प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा पत्र बुझाएको प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिए।



उहाँले राजीनामा पत्र बुझाउनु भएको छ। अब यो पत्र गृहमन्त्रालय पठाउँछौँ,ु घिमिरेले भने। रानाभाट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। उनी ६ महिनाअघि एसएसपीमा बढुवा भएका थिए। उनका ब्याचीहरू केही एसएसपी र केही एसपीमै कार्यरत छन्। उनले घरायसी कारण देखाउँदै राजीनामा बुझाएको र असन्तुष्ट हुने कुनै कारण नदेखिएको घिमिरे बताउँछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend