logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बीपी राजमार्गमा राति सवारी चलाउन रोक


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८२

काठमाडौं । बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।



काभ्रे प्रशासनले जारी गरेको सूचना अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधन रोक्न सक्नेछन् ।

यसैगरी सिन्धुली प्रशासनले पनि १३ र १४ कात्तिकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागि बीपी राजमार्ग अन्तर्गत खुर्कोट बजारदेखि काठमाडौँतर्फ सवारीसाधन आवागमनमा निषेध गरेको हो ।

साथै दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षाकर्मीले सवारी साधन चलाउन रोक लगाउन सक्ने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वर्षा भइरहेका कारण नदीहरूमा बाढीको बहाव बढ्दा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध समेत गरेको छ ।

हेर्नुहोस सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend