जन आकाश
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गामा बनेका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ।शुक्रबार संयुक्त सूचना जारी गर्दै महानगरपालिकाभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको हो।
असोज २ गते बसेको महानगरपालिका र प्राधिकरणको संयुक्त बैठकबाट अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्ने तथा हटाउने निर्णय भएको पनि सूचनामार्फत जानकारी गराइएको छ। सम्बन्धित व्यक्तिले आफै नहटाए कारबाही गरी त्यस्ता जग्गा खाली गरिने महानगर र प्राधिकरणले जनाएको छ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend