logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कार्यवाहक सभापति खड्कासँग महामन्त्रीद्वय छलफलमा


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८२

काठमाडौं । नेपाली कांग्रेसका दुुई महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफलमा बसेका छन्। कांग्रेस पदाधिकारी बैठकअघि उनीहरू खड्का निवासमा पुगेर छलफलमा जुटेका हुन्। कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र महाधिवेशन कहिले गर्ने भन्नेमा टुंगो नलागेपछि नेताहरू छलफलमा जुटेका हुन्।



यसअघि नेता शेखर कोइरालाले पनि आज बिहान आफूनिकट पदाधिकारीहरूसँग छुट्टै छलफल गरेका थिए। बिहीबार केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री विश्वप्रकाशको शर्माले चार प्रस्ताव राखेका थिए। त्यसमा केन्द्रित भएर नेताहरुबीच छलफल चलिरहेको हो। अर्का महामन्त्री गगन थापाले त्यही अनुसार केही संशोधन गरेर महाधिवेशन तालिका पेस गर्ने तयारी गरेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend