logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

फोहोर विसर्जनको अवरोध खोल्न सहरी विकास मन्त्रालयमा छलफल


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८२

काठमाडौं। १८ बुँदे सहमति पूरा नभएको भन्दै बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडी स्थानीयले रोकेपछि सरकारले वार्ताको पहल गरेको छ। सहरी विकास मन्त्रालयले समस्या समाधानको लागि सरोकारवालाहरूसँग शुक्रबार छलफल गर्दैछ। मन्त्रालयले प्रभावित क्षेत्रमा पर्ने धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुखलगायतका जनप्रतिनिधि, वडाअध्यक्षहरू र अन्य सरोकारवालासँग छलफल आयोजना गरेको हो ।



यसअघि दुवै नगरपालिकाले समस्या समाधानका लागि पहल गरिदिन सहरी विकास मन्त्रालयलाई पत्राचार नै गरेका थिए। मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर महेशबहादुर सिंहले पठाएको पत्रमा प्रतिनिधिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

सो सम्बन्धमा छलफल गर्न तपसिल बमोजिमको मिति, समय र स्थानमा बैठक बस्ने भएको हुँदा उक्त बैठकमा तहाँ नगरपालिका, सम्बन्धित वडा र सरोकारवाल समेतको प्रतिनिधिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

प्रभावित क्षेत्रका स्थानीय अगुवा नीराजन सञ्जेलले सहर विकास मन्त्रालयले सरोकारवालाहरूलाई छलफलका लागि बोलाएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend