logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पहिरोले जोमसोमदेखि माथि जाने बाटो अवरूद्ध


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८२

काठमाडौं । हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि उपल्लो मुस्ताङ जाने सडक अवरूद्ध भएको छ। जोमसोमबाट ४ किमीमाथि पाण्डा खोलामा शुक्रबार बिहानैदेखि पहिरो जानुका साथै सडक भासिएको र माथिबाट निरन्तर ढुंगा खसिरहेको प्रहरीले बताएको छ।



जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी इन्स्पेक्टर सन्तोष बस्यालले जोमसोमबाट कागबेनी, मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध बनेको बताए।

डोजर प्रयोग गरेर शुक्रबार बिहान केहीबेर अत्यावश्यक सवारी साधन खुलाए पनि पहिरो जाने, सडक भासिने र माथिबाट ढुंगा खस्ने क्रम निरन्तर चलिरहेकाले सडक खुलाउन पनि समस्या भएको उनले बताए। विगत केही दिनदेखि परिरहेको वर्षाका कारण पहिरोले बाटो अवरूद्ध भएको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend