logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन थापाथली पुग्यो महानगर प्रहरी


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८२

काठमाडौं । महानगरपालिकाले थापाथलीमा रहेको ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने भएको छ।आइतबार बिहान महानगर प्रहरीको टोली थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा पुगेको हो।



ठूलो संख्यामा महानगर प्रहरी त्यहाँ पुगेको छ।ट्राफिक प्रहरी र नेपाल प्रहरी पनि ठूलो संख्यामा परिचालन भएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले महानगरले भवन भत्काउन लागेकोबारे जानकारी नभएको बताए।

‘महानगर भनेको कानुनअनुसार चल्ने हो। उहाँहरूले के गर्नुभएको हो हामीसँग समन्वय गर्नुहोला नि,’ उनले भने, ‘पत्रहरू केही आएको छैन।’यद्यपि महानगरको डोजरले ट्राफिक प्रहरी प्रभाग रहेको छेउमा रहेका संरचना भत्काएको छ।

काठमाडौं महानगरपालिकाका डिएसपी पूर्णचन्द्र भट्टले सम्पदा क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको बताए। उनले व्यक्तिगत रूपमा कसैलाई पनि पत्राचार गर्नु नपर्ने बताए।

‘सम्पदा क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना भत्काइएको हो। यसको लागि व्यक्तिगत रूपमा पत्राचार गर्न पर्दैन। एक महिना अगाडि नै सार्वजनिक सूचना जारी गरेका थियौं। त्यसका अलावा पनि हिजो अस्ती माइकिङ गरी जानकारी गरेका थियौं,’ उनले भने।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend