logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दर्ता प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८२

काठमाडौं । निर्वाचन आयोगले धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ।श्रम संस्कृति पार्टीको सनाखतलगायत प्रशासनिक प्रक्रिया पूरा भइसकेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।



‘श्रम संस्कृति पार्टीको सनाखत गराउनेलगायत सबै काम सकिएको छ, आज आयोगको बैठक बस्यो भने दर्ताको प्रमाणपत्र दिने निर्णय पनि हुन सक्छ’, उनले आइतबार बिहान नेपालखबरसँग भने। त्यसो त पार्टीका अध्यक्ष साम्पाङ आजै धरानबाट काठमाडौँ प्रस्थान गरेका छन्।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा विजयी साम्पाङले हालै आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरी दर्ताका लागि गत असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए। चुनाव चिह्न माटो राखिएको पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend