logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पहिरो हटाएपछि पृथ्वी राजमार्गमा दुईतर्फी नै गाडी चल्न थाले


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८२

काठमाडौं । सडकमा खसेको सुक्खा पहिरो राति नै हटाएपछि पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको थियो।



सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडकमा दुईतर्फी नै गाडी सञ्चालनमा आएका कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend