logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सञ्चारमन्त्रीले चलाए बसपार्कमा राखिएको फ्रि-वाईफाई


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नयाँ बसपार्क पुगेर निस्शुल्क इन्टरनेट (फ्रि-वाईफाई)  सेवाबारे जानकारी लिएका छन् ।



बुधबार गंगबुस्थित नयाँ बसपार्क पुगेर उनले त्यहाँ सञ्चालनमा ल्याइएको इन्टरनेट सेवाबारे जानकारी लिएका हुन् । मन्त्री खरेलले गत ६ असोजमा मन्त्री नियुक्त भएपछि पहिलो निर्णय नै ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका थिए ।

निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइने बताइएको छ । मन्त्री खरेलको सचिवालयका अनसार, देशका विभिन्न शहरका सार्वजनिक स्थलमा इन्टरनेट सेवा सुचारु गर्ने प्रक्रिया अघि बढेको छ ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend