logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

राष्ट्रिय परिचयपत्रमार्फत २.२५ लाख नयाँ मतदाता दर्ता, मंसिर ५ सम्म नामावली संकलन खुला


  • जन आकाश
  • सोमबार, मंसिर १ २०८२

काठमाडौं । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् ।



यो सङ्ख्या नयाँ मतदाता नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्मको भएको आयोगको भनाइ छ । आयोगका अनुसार नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिने छ ।

अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend