जन आकाश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले कच्चा कुरा गरेको भन्दै आपत्ति जनाएकी छिन् ।
शुक्रबार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो आपत्ति जनाएका हुन् । यसअघि राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्ने हो भने अवस्था अझै अस्थिरताको चक्रमा फस्ने बताएकी थिइन् ।
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुनः अस्थिरताको चक्रमा धकेल्न सक्छ,प्रधानमन्त्री उक्त भनाइको जवाफ दिँदै ओलीले के भन्न खोजेको भन्दै प्रश्न गरे ।‘यदि यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने त झनै विद्रोह हुन्छ रे ।
कसले विद्रोह गर्छ अर्थात् नेपाली जनतालाई धम्क्याएर, तर्साएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ रे फेरि आगो लगाउने के भनेको हो त्यो ’ ओलीले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको यो योजना हो कि अनुमान हो म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु ।
योजना हो भने सपना नदेख्नुस् । अनुमान हो भने डराउन छाड्नुस् । नेपाली जनतालाई पनि डर देखाउन छाड्नुस् ।’
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend