जन आकाश
काठमाडौं– ‘मोबाइल ग्यारेज एप’ काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरी लन्च गरेको छ । सीपलाई समाधानसँग जोड्ने नाराका साथ ‘मोबाइल ग्यारेज एप’ लन्च गरेको हो ।
सवारी धननीहरुलाई लक्षित गरी बनाएको यो एपले सवारी साधन बिग्रियको जुनुुकै समयमा सवारी साधन बिग्रिए उक्त ठाउँमा मोबाइल ग्यारेज एपमार्फत मेकानिकहरु पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले एप उद्घाटन कार्यक्रममा बताएका हुन् ।
उनले भने, ‘नेपालमा पहिलो पटक यस्ता एपहरुको सुरुवात गरिएको छ । हामीले प्रयोग गर्ने सवारी साधन विरामी भए ग्यारेज लानुपर्छ । नेपालका जुनसुकै सडक सञ्जालमा यात्रा गरिहेका हुन्छौं, कतै बिग्रियो भने समस्यामा पर्छौं । त्यसमा यस्ता एपहरुको मद्दतले जहाँ सवारी साधन बिग्रियो त्यहाँ मेकानिकहरु पुगेर सहयोग गर्छन र गन्तव्यमा पुग्न सहयोग पुग्छ ।’
गजुरेलले यातायात क्षेत्रलाई सुव्यवस्थित गर्नुपर्ने भन्दै विकासको आधार नै यातायात रहेको बताए । साथै उनले नेपालमा सडक व्यवस्थित गर्न र सुरक्षित यात्राका लागि सबैभन्दा बढि नेपाल प्रहरी खटिएको भन्दै ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिए ।
‘नेपालमा मापसे चेकिङ एकदमै सफल भएको छ । यसका लागि ट्राफिक प्रहरीलाई धन्यवाद दिनुपर्छ । उहाँहरु दिनरात खटिरहनु भएको छ । नेपालमा कसैले काम गरेको छ भने लागि ट्राफिक प्रहरीले हो,’ उनले भने, ‘तर यसलाई पनि प्रविधिमैत्री बनाउन जरुरी छ । सँधै सडकका बीचमा बसेर चेकजाँच गर्ने होइन भन्ने कुरामा हामी प्रष्ट हुनुपर्छ ।’
यस्तै, कार्यक्रमका बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेश राज सुवेदीले व्यापार, व्यावसाय तथा आर्थिक कारोबारलगायत सबै क्षेत्रमा प्रविधिको प्रयोगले सहज भएको भन्दै प्रविधिलाई सहि सदुपयोग गर्नुपर्ने बताए ।
उनले मोबाइल ग्यारेज एपले राजमार्गमा जथाभावी खोलिएका ग्यारेजको समस्या पनि समाधान हुने बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend