जन आकाश
Screenshot
काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले माघ २ गते शुक्रबार ५०औं ग्लोबल हाट बजार आयोजना गर्दैछ। सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको बैंकले बताएको छ।
५० औं संस्करण यो यात्रा आइपुगेकोमा यात्रा सुखद बनेको बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुरेन्द्रराज रेग्मीले बताए। यस कार्यक्रममा साथ दिने र सहभागी हुने सम्पूर्ण व्यक्ति तथा उद्यमीहरूलाई उनले धन्यवाद दिएका छन्।
साथै, यो प्लेटफर्मले साना र मझौला उद्यमहरूलाई डिजिटल भुक्तानीतर्फ अभ्यस्त गर्दै उनीहरूको व्यापारलाई थप सहज र सुरक्षित बनाउने अभ्यासको रूपमा पनि काम गर्नेमा विश्वस्त रहेको रेग्मीले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend