logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा


  • जन आकाश
  • सोमबार, कार्तिक ३० २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरु गरेका छन्। जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन तथा पूजाआजा गरेर उनले पदयात्राको सुरुवात गरेका हुन्।



पदयात्रा सुरु गर्नुअघि रास्वपा सभापति रवि लामिछानेले सांसद सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिएका थिए।

सभापति लामिछानेले पदयात्रालाई दल र राजनीतिभन्दा माथि उठेर शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने अभियानका रूपमा अघि बढाउन आग्रह गरे। उनले सबै जातजाति, भाषा र संस्कृतिलाई एकै ठाउँमा जोड्ने सन्देश पदयात्राबाट प्रवाह हुने विश्वास व्यक्त गरे।

पदयात्राबारे जानकारी दिँदै सांसद सिंहले यो पहिलो चरणको अभियान भएको बताए। उनका अनुसार पदयात्रा आगामी माघ १ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणको पदयात्रा सकिएपछि आगामी वैशाखमा दोस्रो चरणअन्तर्गत मध्यपहाडी लोकमार्गमा पदयात्रा सुरु गरिनेछ।

सिंहले पदयात्राका क्रममा दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने कार्यक्रम रहेको जानकारी दिए। उनले विभिन्न जातजाति, समुदाय, वर्ग तथा भाषाभाषीका नागरिकसँग भेटघाट गरी उनीहरूका समस्या, गुनासा र सरकारप्रतिको अपेक्षा संकलन गर्ने बताए।

पदयात्राका क्रममा जनताबाट प्राप्त सुझाव तथा गुनासालाई अभिलेखबद्ध गरी रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने सांसद सिंहले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend