logo मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026
logo

मंगलबार, मंसिर १ २०८३ | Tuesday 17th November 2026

भीमफेदी दुर्घटनाका पीडित परिवार भेट्न सभामुख अर्याल सर्लाहीमा


  • जन आकाश
  • सोमबार, कार्तिक ३० २०८३

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनाबाट प्रभावित परिवारको अवस्था बुझ्न सभामुख डोलप्रसाद (डीपी) अर्याल सर्लाही पुगेका छन्।



सोमबार सर्लाही पुगेका सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाउनेका परिवार तथा घाइतेहरूसँग भेट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिएका हुन्।

भेटका क्रममा उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सहयोग र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए।

गत कात्तिक २६ गते सर्लाहीबाट काठमाडौंका लागि छुटेको विद्युतीय माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend