जन आकाश
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन्।
छठ पर्वका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरी पुगेर पूजाको अवलोकन गर्नुका साथै त्यहाँ उपस्थित स्थानीय श्रद्धालुहरूसँग भेटघाट गरेका हुन्।
श्रद्धा, आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वका अवसरमा घडिअर्वा पोखरीमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। परम्पराअनुसार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै पूजा तथा आराधना गरेका थिए।
छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने विश्वास गरिन्छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend