जन आकाश
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन्। त्यस्तै, देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्।
एउटा क्यानबाटै ठूलो पुरस्कार जित्न पाउँदा आफू निकै खुसी भएको कार विजेता लामाले बताएका छन्। कार जितेको खबर सुन्दा सुरुमा विश्वास गर्नै नसकेको उल्लेख गर्दै उनले यो आफ्नो मात्र नभई परिवारकै लागि खुसीको क्षण भएको बताएका छन्। उनले पुरस्कारका लागि म्याक्स टाइगरलाई धन्यवादसमेत दिएका छन्।
कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितिसकेका छन्।
मोटरसाइकल जित्नेहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा, लहानका रुपेश महतो, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी रहेका छन्।
त्यसैगरी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन्।
स्कुटर जित्नेहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन्।
त्यस्तै, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौंडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले स्कुटर जितेका छन्।
म्याक्स टाइगरले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो। तीमध्ये हालसम्म २८ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितिसकेका छन् भने अझै आठ जनाका लागि मोटरसाइकल र स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अभियानले उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्दै आएको छ। अझै पुरस्कार जित्ने अवसर बाँकी रहेकाले कम्पनीले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend