logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

विगत ३५ वर्षको हिसाब नखोजौँ, अबको ३५ वर्षको योजना बनाऔँ : रवि लामिछाने


  • जन आकाश
  • सोमबार, भाद्र ८ २०८३

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै हिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।



आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका कमजोरी र असफलताको निरन्तर आलोचना गर्नुभन्दा आगामी ३५ वर्षको स्पष्ट कार्ययोजना निर्माणमा केन्द्रित हुन निर्देशन दिएका हुन्।

उनले विगतमा विभिन्न नेता तथा राजनीतिक दललाई दोष दिएर आफूलाई अब्बल देखाउन सकिने अवस्था भए पनि अब त्यसबाट अघि बढ्नुपर्ने बताए।

“अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, ३५ वर्षको योजना ल्याउनुहोस्,” लामिछानेले भने, “विगत ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यवाद। तर अबको ३५ वर्षमा देशलाई कस्तो बनाउने भन्ने कुरा हाम्रै हातमा छ।”

लामिछानेले विगतका असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यलाई केन्द्रमा राखेर दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए।

उनले रास्वपाका नेता तथा कार्यकर्तालाई दोषारोपणको राजनीतिभन्दा भविष्य निर्माणमा केन्द्रित हुनसमेत आग्रह गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend