logo मंगलबार, भाद्र ९ २०८३ | Tuesday 25th August 2026

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, २७ वर्षीय युवक पक्राउ


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात भएको छ। मंगलबार बिहान बानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि खटिएकी महिला प्रहरी जवानमाथि एक पुरुषले हातपात गरेका हुन्।



जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार घटनामा संलग्न पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।

प्रहरीका अनुसार कठायतले जथाभावी बाटो काट्न खोजेपछि ड्युटीमा रहेकी महिला प्रहरी जवानले उनलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। सोही क्रममा कठायतले प्रहरी जवानमाथि हातपात गरेको बताइएको छ।

प्रहरी जवानमाथि हातपात गरेलगत्तै घटनामा संलग्न कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend