जन आकाश
काठमाडौं । मुद्दा हारेपछि एक व्यक्तिले मंगलबार सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका छन्। सुरक्षाकर्मीले समयमै उद्धार गरेपछि ती व्यक्ति सकुशल रहेका छन्।
प्रहरीका अनुसार उद्धार गरिएका व्यक्ति लालबहादुर राई हुन्। उनले सोमबार ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला भएपछि मंगलबार सर्वोच्च अदालतको भवनमा पुगेका थिए।
‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै उनले सुसाइड नोटसमेत लेखेको बताइएको छ। त्यसपछि राई सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका थिए।
उनले भवनबाट हामफाल्ने प्रयास गरेपछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर सकुशल उद्धार गरेका हुन्। उद्धारपछि उनलाई सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend