logo मंगलबार, भाद्र ९ २०८३ | Tuesday 25th August 2026

प्रतिनिधिसभाको बैठक बुधबारसम्म स्थगित, सभामुखको स्वास्थ्यमा समस्या


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर बुधबारसम्मका लागि स्थगित गरिएको हो।



संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले मंगलबार सूचना प्रकाशित गर्दै प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।

सचिवालयले निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने जनाएको भए पनि बैठक स्थगित गर्नुको ठोस कारण भने सूचनामा खुलाइएको छैन।

यद्यपि, संघीय संसद् सचिवालय स्रोतका अनुसार सभामुख डोलप्रसाद अर्यालको स्वास्थ्यमा देखिएको समस्याका कारण पनि बैठक स्थगित गरिएको हो।

स्रोतका अनुसार सभामुख अर्याल स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पतालसमेत गएका थिए। साथै, सभामुख अर्यालकी सासुको निधन भएकाले पारिवारिक कारणले समेत उनी उपस्थित हुनुपर्ने अवस्था रहेको बताइएको छ। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी नयाँ समय निर्धारण गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend