जन आकाश
काठमाडौं । राष्ट्रिय सभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवासम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते दिउँसो १ः१५ बजे बस्ने भएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend