जन आकाश
काठमाडौं । प्रधानमन्त्री कार्यालयले दैवी प्रकोप उद्धार कोषका लागि बैंक खाता नम्बर सार्वजनिक गरेको छ। तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित भएको छ।दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग गर्न कार्यालयले अपील गरेको छ।कार्यालय आठ वटा बैंकका खाता नम्बरमा सहयोग पठाउन अपिल गरेको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend