logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

भारतले दोस्रो उडानमार्फत पठायो साढे ३७ टन राहत सामग्री


  • जन आकाश
  • बिहिबार, भाद्र ११ २०८३

काठमाडौं । भारतले दोस्रो उडानमार्फत नेपाललाई ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री पठाएको छ। राहत सामग्रीमा औषधि तथा खाद्यान्नका प्याकेटलगायत आवश्यक सामग्री रहेका छन्।



भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाललाई ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री पठाइएको जानकारी दिएका हुन्। उनले नेपाललाई आवश्यक पर्ने थप सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै त्यसका लागि नेपाली अधिकारीहरूसँग समन्वय भइरहेको बताएका छन्।

यसअघि भारतले बुधबार नै पहिलो उडानमार्फत १० टन राहत सामग्री नेपाल पठाएको थियो। दोस्रो उडानबाट थप ३७.५ टन सामग्री आएपछि नेपालमा भारतले उपलब्ध गराएको राहत सहयोग थप विस्तार भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend