logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न विदुर पुगे


  • जन आकाश
  • बिहिबार, भाद्र ११ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन बिहीबार दिउँसो सडकमार्ग हुँदै नुवाकोटको विदुर पुगेका छन्।



बुधबार भोटेकोसीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था बुझ्न विदुर पुगेका प्रधानमन्त्री शाहले विदुर नगरपालिकास्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

ब्रिफिङमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी छन्।

छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था, बेपत्ताको खोजी र उद्धार कार्यबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend