जन आकाश
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न देशका पर्यटकहरू सम्पर्कविहीन भएका हुन्।
बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना सम्पर्कविहीन छन्। त्यस्तै, नेपाली १२७, अमेरिकी ६५ र युक्रेनी ५३ जना पर्यटक सम्पर्कविहीन रहेको तथ्यांक छ।
यसैगरी मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन छन्। सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।
नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीहरूबाट विवरण संकलन गरी उक्त तथ्यांक सार्वजनिक गरेको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend