logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

एलपी ग्यास उद्योग संघद्धारा दुखः व्याक्त


  • जन आकाश
  • बिहिबार, भाद्र ११ २०८३

काठमाडाै ।  यहि भदौ १० गते रसुवा हुदै नुुवाकोट, धादिङ, गोरखा, चितवन लगायत जिल्लामा आएको अप्रत्यासित बाढीका कारण भएको जन धनको क्षति प्रति एलपी ग्यास उद्योग संघले दुुखः व्याक्त गरेको छ । उसले यहि ११ गते विज्ञप्ति प्रकाशित गरी भनेको छ ।



“विनासकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा तनहुँ लगायतका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति भएको घटनाप्रति यस संघ गहिरो दुःख व्यक्त गर्दछ । अचानक आएको भीषण बाढीका कारण ठुलो संख्यामा नागरिकको ज्यान गएको, कैयौं व्यक्ति वेपत्ता तथा घाईते भएको र सर्वसाधारणका घर बस्ती, उद्योग व्यवसाय, सडक, पुल, जलविद्युत आयोजना, यातायातका साधन तथा अन्य महत्वपुर्ण भौतिक संरचनामा गम्भिर क्षति पुगेको समाचारले यस संघ स्तब्ध र मर्माहित भएको छ ।

यस दुःखद घडिमा बाढी तथा विपदका कारण ज्यान गुमाउनु भएका सम्पुर्ण मृतकहरूप्रति यस संघ हाद्धिक श्रद्धान्जली अपर्ण गर्दछ साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाईतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछ ।

विपदको यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक खाद्यान्न, औषधि, खानेपानी तथा अत्यावश्यक वस्तुको सहज आपुर्ति सुनिश्चित गर्न नेपाल सरकार, स्थानिय सरकार, सुरक्षा निकाय तथा सम्वन्धित सरोकारवाला निकायहरूबाट भएको सक्रिय प्रयासमा हातेमालो गर्दै आवश्यक सहयोग तथा सहकार्य गर्न यस संघ सदैव प्रतिवद्धता रहेको छ । साथै यस दुखद घडीमा विपद प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा साथ सहयोग गर्न सम्पुर्ण उद्योगी, व्यवसायी, संघसंस्था, तथा आम नागरिकहरूलाई समेत यस संघ हाद्धिक आब्हान गर्दछ ।

प्रभावित क्षेत्रमा एल।पि ग्यास जस्तो अत्यावश्यक बस्तुको आपुर्ति तथा वितरणमा कुनै समस्या उत्पन्न हुन नदिन सम्वन्धित एल।पि ग्यास उद्योगी, व्यवसायी तथा विक्रेताहरूलाई आवश्यक समन्वय तथा सहकार्य गर्न संघ हाद्धिक आग्रह गर्दछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend