जन आकाश
काठमाडौ ।भोटेकोसी बाढीवाट घाइते भएकाहरुको लागी सहयोग पुगोस् भन्ने उदेश्यले रक्तदान कार्यक्रम भएको छ। श्रीमण्डली तथा कोट विकास काठमाडौ उपत्यका समितिको आयोजनामा नेपाल रेडक्रस सोसाइटीको सजिकरणमा काठमाडौको तमु हिउल छोज घि गुरुङ राष्ट्रिय परिषद भवन मित्र नगर बालाजुमा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन।

उक्त कार्यक्रम यहि मिति २०८३ साल भदौ १२ गते शुक्रबार सम्पन्न भएको आयोजक सस्थाका उपाध्यक्ष सरोज पोख्रेलले जानकारी दिएका हुन।
उक्त कार्यक्रम सफल बनाउन सस्थाका अध्यक्ष रेम बहादुर गुरुङ्ले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए।
रक्तदान गरेका मनुभावहरुलाइ आयोजक सस्था र रेडक्रस सोसाइटीका पदाधिकारीको हातवाट प्रमाणपत्र बितरण गरिएको पनि उपाध्यक्षले जानकारी गराएका हुन।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend