जन आकाश
मोहन कार्की ।
यहि भदौ १० गते छिमेकी राष्ट्र चिनतर्फवाट आएको भोटेकोसी बाढीले नेपालको रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन नवलपरासी लगायतका क्षेत्रमा अपुरणीय क्षति गरेको छ । कति मानिस बगायो, कति चौपाया बगायो लेखा जोखा छैन । नेपाल सरकारले यहि मिति १५ गते बेलुका सम्म ९०० मानिस बाढीमा परि मृत्यु भएको विवरण सार्वजनिक गरिसकेको छ । घाईते २६७ जना रहेका छन् । सम्पर्क बिहिन भएका करिब ४ हजारको संख्यामा रहेका छन् । त्यहि ४ हजारमध्य कति पुरिए कति बगे कता छन् । निक्कै भयावह स्थिति छ । यो वेलामा स्वास्थ्य सम्बन्धि पनि त्यतिकै ख्याल गर्नु वेला रहेको देखिन्छ ।
उद्धारको काममा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, विशेष अवस्था रहेको सुरुङ भित्र नेपाली सेना र चिनिया बिशेषज्ञ तथा अन्य उद्धार टोलीहरु खटिरहेका छन् । उद्धार, राहात तथा यतिवेला लासको व्यवस्थापन प्रमुख बनेको छ भने बढीमा परेर घाइते भएकाहरुको उपचार र बाढीवाट प्रभावित भएका मानिसहरुको उपचार पहिलो प्रथामिकता पर्दै आएको छ । कतिपय ठाउँमा मानिस पुरिएर बसेका छन् । थाहा नभएका ठाउँहरुमा तिनै लास कुहिदै जाने बस्तु भाउ पुरिएका ठाउँहरुमा पनि वातावरण प्रदुषण फैलदै जान्छ । यस्ता दुुर्घन्ध फैलिएर बाकी रहेका मानिसमा रोग, व्यादी लागेर अर्को महामारी फैलन सक्छ र अर्को आपत आइलाग्न सक्छ । त्यसकारण वातावरण प्रदुु्षण फैलना नदिन र शिविरहरुमा रहेका मानिसहरुले पनि सफा सुघरमा ध्यान दिई जताततै फोहार नगर्ने अन्य उद्धारका लागि गएका मानिसहरुले पनि आफैले प्रयोग गरेका पलाष्टिक जन्य वा कुइने फोहोरलाइ खाल्टो खनेर पुर्नुपर्ने गरी सचेत हुदै काम गर्नुपर्ने देखिन्छ ।
एउटा बिनासकारी बाढीले त समस्या निम्त्यो अर्को महामारी निम्तिन दिनु हुदैन । नेपाली समुदायका थुुप्रै मासिन बाढीमा बगेका छन् । निरासा छ । अभाव छ । कठिन छ । आवेग छ । तर यहि समयमा आफुलाई सञ्चारमाध्यममा चिनाउन, सामाजिक सञ्जालमा भाईरल हुने आकाक्षा राखेर जो कोहीले उद्धारमा खटिएका उद्धारकर्मीहरुलाई निरास पार्ने सरकारको विरोध गर्ने नाममा अराजकता अभिव्याक्ति व्यवहार देखाउने त्यस्तै प्रबृति भएका मानिसहरुलाई सञ्चारमाध्यमहरुले पनि साथ दिनु हुदैन ।
नेपाल सरकारको मातहतमा हरेको जनशक्ति मात्र नपुग्ने हो भने आम नागरिकलाई आवहन गरेर पनि भोटेकोसी, त्रिशुली नदी आसपासमा जमेको लेदो हटाउने र त्यस क्षेत्रमा भेटिएका लास, परिचय खुलेका र आफन्तले तुरुन्त बुझ्न सक्ने अवस्था वाहेक अन्य लास र मृत चौपायहरुलाई व्यवस्थित गर्दै छिटो खाल्टो खनेर पुर्न सक्नुपर्छ ।
बिपत्तीको वेला कार्यसम्पादन छिटो गर्ने तरिकामा नै सरकारको दाईत्व भित्र पर्छ । तिनै दाईत्व पुरा गरेर काम गरिरहेको सरकारले गरेका निर्णयलाई अन्तिम मानेर जान सक्नुपर्छ । त्यसो गर्न सकियो भने थप अर्को महामारी फैलनवाट रोक्न सकिन्छ । यिनै कुराहरु नागरिकहरुले पनि बुझिदिनुपर्छ । एउटा प्राकृतिक बिपत्ती त आएर गईनै सक्यो अर्को स्वास्थ्यमा महामारी नआओस् । सवै सचेत रहौ । सभ्य ढंगवाट सवै मिलेर यो प्राकृतिक बिपत्तिलाई सावधान तिर लैजाऔ ।
२०८३ भदौ १६ गते जनआकाश साप्ताहिकमा प्रकाशित समाचार हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend