जन आकाश
काठमाडौ । हालसालै भोटेकोसीमा आएको बाढीका कारण अस्पतालहरुमा विरामीको चाप बढीरहेको बेला सामाजिक रुपमा काम गर्न काठमाडौका समाजसेवीहरुले हिजो करिब १२ देखि १५ जना टोली बनाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सरसफाइ अभियान गरेका छन्। विपद्का कारण घाइते भएका व्यक्तिहरूको उपचार तथा मृतकहरूको शव व्यवस्थापनका क्रममा अस्पताल क्षेत्रमा उत्पन्न भएको दुर्गन्ध र अस्वच्छ वातावरणले अन्य बिरामी तथा सेवाग्राहीहरूलाई समेत असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै ति समाजसेवीहरुले स्वस्फूर्त रूपमा सरसफाइ गरेको हून् ।
त्यस अभियानमा पुगेका गोर्खा निवासी हाल नागर्जुन बस्दै आएका सरोज पोखे्रल पनि उक्त सरसफाई अभियानमा थिए । उनले भने विपद्को यो कठिन घडीमा हामी सबैले आ(आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु आवश्यक छ। त्यसैले सम्पूर्ण युवा साथीहरू, सामाजिक अभियन्ताहरू तथा सहयोगी मनहरूलाई आफ्नो क्षेत्र र क्षमताअनुसार सरसफाइ, व्यवस्थापन तथा आवश्यक सहयोगमा हातेमालो गरिदिन हार्दिक एवं विनम्र अनुरोध गर्दछौँ। सरसफाइ, सहयोग र मानवीय सेवामा हाम्रो सानो प्रयासले पनि धेरैको जीवनमा ठूलो राहत पुग्न सक्छ उनले आग्रह गर्दै भने, विपद्को समयमा एकजुट बनौँ र मानवताको सेवामा हातेमालो गरौं।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend