logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बाढी प्रभावितलाई सहयोग गर्न सिक्किमबाट ५ सदस्यीय स्वयंसेवक टोली आए


  • जन आकाश
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सिक्किमवाट नेपालमा राहतसहित स्वयंसेवक टोलीले नुवाकोट आईपुुगेको छ । सिक्किमका मुख्यमन्त्री पीएस गोले मार्फत आएको ३५ सदस्यीय राहत तथा स्वयंसेवक टोलीले नुवाकोट पुगेर बाढी प्रभावित परिवारलाई औषधि, खाद्यान्न, सोलार बत्ती, त्रिपाल, म्याट्रेस र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ।



टोलीको नेतृत्व सोनाम नोर्गे लाचुम्पाले गरेका छन्। विपद्का कारण प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको टोलीले जनाएको छ। राहत अभियानमा नव प्रवर्तन तथा विज्ञान प्रविधि मन्त्री महावीर पुन, नेपाली कांग्रेसका संघीय सांसद सन्दिप राणा तथा युवा व्यवसायी टीका भण्डारीले उनिहरुलाई सहजताको लागि समन्वय गरेका थिए।

यसैबीच, राहत टोलीको स्वागत, सम्मान तथा स्थानीयस्तरमा आवश्यक समन्वय लायन्स क्लब अफ रञ्जना ब्रदर्शका संस्थापक अध्यक्ष लायन हरिकृष्ण दाहालले गरेका थिए। राहत टोलीको स्वागत तथा समन्वय कार्यक्रम बुढानीलकण्ठस्थित होटल सव्रीनामा आयोजना गरिएको थियो।

कार्यक्रममा विपद्का बेला प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै नेपाल र सिक्किमबीचको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। भोटेकोसी बाढीबाट नुवाकोटसहित विभिन्न जिल्ला प्रभावित भएका बेला सिक्किमबाट आएको राहत सहयोगले प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री तथा अस्थायी आवासका लागि उपयोगी सामग्री उपलब्ध गराएको छ।

सिक्किमका पूर्व मुख्यमन्त्री मनिक कुमार सुब्बा र नर बहादुर भण्डारीले जस्तै भारतका विभिन्न स्थानमा बसोबास गर्ने नेपालीलाई माया गरे झै हालका मुख्य मन्त्री पिएस गोले तामाङले अल ईन्डियामा बसोबास गर्ने नेपालीहरुको अभिभावकिय भुमिका गर्दै निकट भविष्यमा थप राहत सहित नेपाल आगमन हुने जानकारी टोलीको नेतृत्वकर्ता सोनाम नोर्गे लाचुम्पाले गराएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend