logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ :अर्थमन्त्री डा.स्वर्णिम वाग्ले


  • जन आकाश
  • शनिबार, असोज ३ २०८३

नयाँ दिल्ली । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ । तीन दिने औपचारिक  भ्रमणका लागि भारतमा रहेका वाग्लेले  नेपाली दूतावासद्धारा आयोजित संविधान दिवस कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।



उनले संविधानका विषय वस्तु सुधार गर्न सकिन्छ भन्ने व्यवस्था संविधान मै रहेको पनि स्पष्ट पार्दै संविधान एउटा जीवन्त कानुनी दस्तावेज हो र यसमा आवश्यकता बमोजिम आम नेपाली जनताबाट अनुमोदित गर्दै संविधानका विभिन्न विषयमा सुधार गर्न सकिने प्रावधान संविधानभित्रै रहेको बताए । अर्थमन्त्री वाग्लेले भने,”संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्छ ।

कार्यक्रममा बोल्दै उनले  संविधान निर्माणको लागि सहादत प्राप्त गर्नुहुने शहीदहरूको स्मरण अर्थमन्त्री डाक्टर वाग्लेले गरेका  थिय। कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको राष्ट्रिय झण्डा झन्डोत्तोलन गरेका  थिय। कार्यक्रममा कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापाले अर्थमन्त्रीलाइ स्वागत गरेका थिय ।

यस समाचारकाे स्राेत अर्थमन्त्रीका प्रेस सल्लाहकार नविन ढुगाना हुन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend