logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रभु बैंकद्धारा विपद्बाट प्रभावित परिवारहरुलाई बंक बेड हस्तान्तरण


  • जन आकाश
  • शनिबार, असोज ३ २०८३

काठमाडाैं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR)  अन्तर्गत पहेंलो गुम्बामा आवश्यक ६ थान दुई तल्ले खाट -Bunk Bed_ हस्तान्तरण गरेको छ । देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण उक्त गुम्बामा आश्रित परिवारहरुको तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दे बैंकले काठमाण्डौं स्थित पहेंलो गुम्बामा थप सहयोग स्वरुप ६ थान दुई तल्ले खाट  Bunk Bed उपलब्ध गराएको छ । प्रभावित परिवारहरुका लागी दुई तल्ले खाट अत्यावश्यक रहेको पहिचान भए पछि बैंकले समाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त सहयोग गरेको हो । यस सहयोगबाट राहत तथा आश्रय स्थलमा बसोबास गरि रहेको प्रभावित परिवारहरुलाई थप सहजता पुग्ने बैंकले विश्वास लिएको छ ।



यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० पचास रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे थियो ।

त्यसै गरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।

साथै बैैैंकले प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लि. ले सामाजिक उत्तरदायित्व अन्र्तगत देशको सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रम संचालन गरेको थियो ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहिन नागरिकहरुहरुको शीघ्र उद्धार तथा घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पपुर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गर्दछौै भनि उल्लेख गरेको छ ।

प्रभु बैंकले विपद्को यस कठिन घडिमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनस्र्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिने प्रतिबद्घता व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend