कार्यक्रममा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। Veedol Lubricant र Nepal Gold Lubricant ब्रान्डका डिलरहरू सहभागी कार्यक्रममा कम्पनी र डिलरबीचको आपसी अनुभव, व्यावसायिक सम्भावना, बजारका अवसर तथा आगामी सहकार्यका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई Award Ceremony मार्फत सम्मान गरिएको थियो। व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने डिलर तथा टप परफर्मरलाई कम्पनीले सम्मान तथा पुरस्कार प्रदान गरेको थियो।
सोही अवसरमा बाइक तथा स्कुटरका लागि लक्षित विभिन्न नयाँ उत्पादनसमेत सार्वजनिक गरिएको छ। कम्पनीले नयाँ Engine Oil, Scooter Gear Oil, Chain Lube तथा Diesel Exhaust Fluid (DEF) बजारमा ल्याएको जनाएको छ। नयाँ उत्पादनको सुरुवातसँगै ग्राहकको बदलिँदो आवश्यकता तथा बजारको मागअनुसार आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्ने कम्पनीको योजना रहेको छ।
व्यावसायिक छलफलसँगै कार्यक्रममा विभिन्न Entertainment तथा Interactive Activities समेत आयोजना गरिएको थियो। यस्ता गतिविधिले कम्पनी र डिलरबीचको सम्बन्धलाई थप आत्मीय बनाउनुका साथै आपसी सहकार्य र समन्वयलाई मजबुत बनाउन सहयोग गरेको कम्पनीले जनाएको छ।
कार्यक्रमबारे प्रतिक्रिया दिँदै United Lubricants Industries Pvt. Ltd. का Deputy General Manager दिनेश खनालले ‘UNITED DEALERS SUMMIT 2083’ सफल, फलदायी र ऊर्जावान रहेको बताउनुभयो। उहाँले कार्यक्रमले कम्पनी र डिलरबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी दिनमा व्यवसायिक विकास र नयाँ अवसरका लागि सकारात्मक ऊर्जा प्रदान गरेको बताउनुभयो।
कम्पनीका अनुसार, ‘UNITED DEALERS SUMMIT 2083’ ले कम्पनी, डिलर तथा व्यावसायिक साझेदारबीचको सहकार्य, विश्वास र सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी व्यवसायिक यात्राका लागि नयाँ उत्साह प्रदान गरेको छ।