logo शुक्रबार, मंसिर ११ २०८३ | Friday 27th November 2026
logo

शुक्रबार, मंसिर ११ २०८३ | Friday 27th November 2026

रवि लामिछानेकाे बालेनलाई स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्न आग्राह 


  • जन आकाश
  • शुक्रबार, मंसिर ११ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच बिहीबार भेटवार्ता भएको छ। सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता ५ घण्टासम्म चलेको थियो । भेटवार्तामा रवि लामिछानेले बालेनलाई स्थानीय र प्रदेश चुनावको चुनाव बैशाख मै गर्ने प्रस्ताव राखेपछि बालेनले पनि सहमति जनाएको बताइएको छ।



‘बालेनले दलहरुसँग सहमति जुटाउने काम तपाईँको म तयार छु’, भनेको भेट्मा सहभागी एक नेताले बताए । कुराकानीको आरम्भ प्रधानमन्त्रीको भारत भ्रमणबाटै भएको थियो। सुरूआतमा प्रधानमन्त्री बालेनले भारत भ्रमण, भारतीय समकक्षी नरेन्द्र मोदीबीचको द्विपक्षीय भेटवार्ता, छलफल र भ्रमणमा भएका समझदारीबारे मिहिनरूपमा सभापति लामिछानेलाई बताएका थिए।

भेटमा मन्त्री, मन्त्रालय तथा सरकारका कामकारबाहीबारे समीक्षा र छलफल भएको जनाइएको छ । साथै अध्यादेश र आगामी संसद अधिवेशनसम्बन्धी विषयमा पनि दुवैबीच कुराकानी भएको जानकारी दिइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend