logo आइतबार, कार्तिक १६ २०८३ | Sunday 1st November 2026

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, इलाम अस्पताल भर्ना


  • जन आकाश
  • आइतबार, कार्तिक १६ २०८३

काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलाम अस्पताल भर्ना गरिएको छ।



सत्याग्रह सुरु भएको तेस्रो दिनमै स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार उनलाई अस्पताल पुर्‍याइएको हो। पानी मात्र पिएर सत्याग्रहमा रहेका केसीको रगतमा चिनी (सुगर) को मात्रा घट्नुका साथै बोल्नसमेत कठिनाइ भएको बताइएको छ।

उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि इलाम अस्पतालको स्वास्थ्यकर्मी टोली सत्याग्रहस्थल नारायणस्थान पुगेको थियो। त्यसपछि उनलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको हो।

अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि थप उपचार तथा निगरानीका लागि उनलाई भर्ना गरिएको जनाइएको छ। डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आवश्यक उपचारका लागि स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको इलाम अस्पताल स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend