जन आकाश
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
दुवै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो अवस्था बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन्। जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्।
दुवै टोलीमा इफ्तिखार अहमद, जेम्स निसम, मोइन अली, शाकिब अल हसन र महेदी हसनजस्ता अन्तर्राष्ट्रिय खेलाडीको उपस्थिति रहेको छ। जसले आजको खेललाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
यसअघि शनिबार भएको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो। यस्तै, वर्षाका कारण पाँच ओभरमा सीमित अर्को खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सले अंक बाँडेका थिए।
आजको खेलमा जनकपुर र पोखराबीचको प्रतिस्पर्धाले प्रतियोगिताको अंकतालिकामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend