जन आकाश
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ। देउवा पक्षले गठन गरेको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले काभ्रेका लामालाई अध्यक्षमा मनोनीत गरेका हुन्।
कोइरालाले जारी गरेको मनोनयन पत्रअनुसार कात्तिक १२ गते लामालाई तरुण दलको अध्यक्षको जिम्मेवारी दिइएको हो। लामालाई आगामी ६ महिनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित अध्यक्षमा मनोनीत गरिएको जनाइएको छ।
नेपाली कांग्रेसको देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। सोही महाधिवेशनको तयारी भइरहेका बेला देउवा पक्षले तरुण दलको नेतृत्वमा लामालाई अघि सारेको हो। लामा लामो समयदेखि नेपाल तरुण दलको राजनीतिमा सक्रिय रहँदै आएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend