जन आकाश
काठमाडौं । एनआईसी एसिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उदयपुरस्थित श्री जाल्पा जन माध्यमिक विद्यालयलाई एक थान स्मार्ट डिजिटल बोर्ड उपलब्ध गराएको छ।
चौदण्डीगढी नगरपालिका–४, बसाहा, अजिंगरेस्थित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई थप सहज, सरल र प्रविधिमैत्री बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले बैंकले डिजिटल बोर्ड उपलब्ध गराएको हो।
हाल विद्यालयमा २२२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। गत कात्तिक १२ गते आयोजित विशेष कार्यक्रममा बैंकका लहान सर्कल प्रमुख लेखराज पौडेल र गाईघाट शाखा प्रमुख तेजेन्द्र राईले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार ओझालाई उक्त स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेका हुन्।
बैंकले उपलब्ध गराएको यस सहयोगबाट विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सहजता आउने, शिक्षण विधि थप प्रभावकारी बन्ने तथा विद्यालयमा प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend