logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण


  • जन आकाश
  • बुधबार, कार्तिक १९ २०८३

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।



बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी संस्थाका समसामयिक विषयमा छलफल गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सामग्री हस्तान्तरण गरेको हो।

कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

नाडाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend